दफा ६७
परिचालक अनुमतिपत्र दिने
(१) दफा ६६ बमोजिम परिचालक अनुमतिपत्रको लागि दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी दरखास्तसाथ संलग्न ब्यहोरा साँचो देखिएमा दरखास्तवालालाई अनुसूची–६ बमोजिमको ढाँचामा परिचालक अनुमतिपत्र दिनु पर्छ । यसरी परिचालक अनुमतिपत्र प्राप्त व्यक्तिले आफू कार्यरत यातायात सेवामा संलग्न सार्वजनिक सवारीलाई सुव्यवस्थित ढङ्गबाट परिचालन गर्ने जिम्मेवारी वहन गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम दिइएको परिचालक अनुमतिपत्र सो दिइएको मितिले पाँचवर्ष सम्म बहाल रहनेछ ।